एनआरएनए कान्साई छात्रवृत्ति

एनआरएनए कान्साई छात्रवृत्ति

सरस्वती पूजाको दिन पारी एनआरएनए कान्साईले शिक्षाको महत्वलाई उजागर गर्दै “एनआरएनए कान्साई छात्रवृति”को लागि आवेदन फारम सार्वजनिक गरेको छ। शिक्षा नै सबैभन्दा ठूलो धन हो र शिक्षित समाजबिना कुनै पनि देशको विकास र परिवर्तन सम्भव छैन भन्ने मान्यतालाई शिरोधार्य गर्दै नेपालका विकट तथा दुर-दराजका बस्तिहरूमा शिक्षा आर्जन गर्न बाल-बालिकाहरूलाई सहज होस भनि २ वर्षका लागि वार्षिक दश हजार रूपिया बराबरको छात्रवृति एनआरएनए कान्साईले प्रदान गर्ने भएको छ।यसका लागि कान्साईमा बसोबास गर्नुहुने व्यवसायी,बुद्दिजीबि तथा समाजसेविहरूको आर्थिक सहयोगमा देशका विभिन्न विकट क्षेत्रहरूका स्कुलहरूसंग प्रत्यक्ष समन्वयगरि जेहेनदार तथा गरिब बालबालिकालाई छात्रवृति दिने कुरा तपाईहरू सम्पूर्णलाई सहर्ष जानकारी गराउदछौ।सहयोगदाताहरूको सहयोगमा एनआरएनए कान्साईले प्रदान गर्ने छात्रवृति प्राप्त गर्नका लागि तल उल्लेख गरिएको फारम भरि प्रकृया पूरा गर्नुहुन र गर्न लगाउनु हुन समेत सबैलाई विनम्रतापूर्वक अनुरोध गर्दछौ।

अवधि - २ बर्ष
रकम - बार्षिक रु १० हजार
संयोजक : दिलिप शर्मा गैरे

नियम
१. आवेदक विद्यार्थी ग्रामिण विद्यालयको सरकारी विद्यालयमा १ देखि १० कक्षा सम्म अध्ययनरत हुनुपर्ने छ।
२. जेहेनदार र गरिब विद्यार्थीलाई प्राथमिकता दिईनेछ।
३. एक विद्यालयमा कम्तिमा १ जनालाई छात्रवृति दिईनेछ।
४. विद्यालयको सिफारिश पत्र अनिवार्य हुनुपर्नेछ।
५. समय अवधी २०२२-२-६ देखि २०२२-४-६ तारिक सम्म रहनेछ।
६. छात्रवृत्तिको नतिजा २०२२-५-६ तारिक घोषणा गरिनेछ।

Form Closed