- Date 28 Dec, 2021
- Time 06:00 PM - 09:00 PM
- Location Osaka
सम्पूर्ण कान्साईवासीहरूमा नमस्कार। हामी धेरै समय कोरोनाको जटिल परिस्थितीले गर्दा प्रत्यक्ष रूपमा भेट गरि सुख दुःख साटासाट गर्न पनि नपाएको अवस्थालाई मध्यनजर गर्दै हाम्रो भाईचारा र एकतालाई अझ बजबुत बनाउने उदेश्यले नया वर्ष आगमनको पूर्वसंध्यामा यहि मिती २०२१-१२-२८ तारिक उप-संयोजक विष्णु सापकोटाको संयोजक्त्वमा नया वर्ष २०२२ को शुभ अवसरमा डिनर तथा शुभकामना आदान प्रदान कार्यक्रम गर्न गईरहेको सहर्ष जानकारी गराउदछौ।
कार्यक्रमको प्रकारःएनआरएनए कान्ससाईको प्रस्तुति अंग्रेजी नया वर्ष २०२२ को अवसरमा डिनर तथा शुभकामना आदान प्रदान कार्यक्रम।
प्रस्तुतिहरूः शुभकामना मनतव्य ,गित ,गजल तथा नृत्य
आकर्षण :लक्की ड्र तथा पुरस्कार
प्रवेश शुल्कः७०००-
मितीः२०२१-१२-२८
समयः १७ः३० बाट २०ः३०
नाम टिपाईसक्नु पर्ने अन्तिम मितीः२०२१-१२-२१
ठेगानाः 〒542-0071 Osaka, 中央区Chuo Ward, Dotonbori, 1 Chome−4−27 道頓堀ベニスビル
ルアンホール6F
नोटः हामीले डिनरको लागि अग्रिम जानकारी दिनुपर्ने भएको हुदा सम्पूर्ण ईच्छुक महानुभावहरूले हाम्रो पोष्टरमा उपलब्ध नम्बर अथवा एनआरएनए कान्साईका कुनै पनि सदस्य वा पदाधिकारीलाई आफू कार्यक्रममा उपस्थित हुने गरि मिती २०२१-१२-२१ तारिक भित्र नाम टिपाईदिनुहुन हार्दिक अनुरोध गर्दछौ।यो मिती पछाडी हामीलाई जानकारी आएमा प्राविधिक कारणवंश हामीले चाहेर पनि समावेश गर्न नसक्ने हुदा हाम्रो बाध्यतालाई आत्मसाथ गर्नुहुने छ भन्ने विश्वास लिएका छौ।छोटो समयको जानकारीमा कार्यक्रम गर्नाले तपाईहरूलाई पर्न गएको असुविधाप्रति क्षमाप्राथी छौ।
एनआरएनए कान्साई परिवार।